राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल खरिद गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज (फागुन ५ गते, बिहीबार) दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । यो ट्रेजरी बिल भोलि (फागुन ६ गते, शुक्रबार) खरिद गरिनेछ ।
काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नु पर्नेछ । काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्नेछ । (उदाहरणः रु. १०० को ट्रेजरी बिल्स कति मूल्यमा बिक्री गर्ने हो सो रकम बोल गर्नुपर्ने) काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण रु. १ करोड वा रु. १ करोडले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्नेछ ।
त्यसैगरी, काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्स सबैभन्दा कम बोलमूल्य क्रमको आधारमा बहुमूल्यमा यस बैंकले खरिद गर्न सक्नेछ ।
बोलकबोलमा संलग्न काउण्टरपार्टीले आज बिहिबार दिनको ३ः१५ बजेभित्र बोलकबोल गरेका ट्रेजरी बिल्सको सक्कलै प्रति यस बैंकमा बिक्रीका लागि दाखिला गर्नुपर्ने छ र तोकिएको समय सीमाभित्र यस्ता ट्रेजरी बिल्स दाखिला नगर्ने काउण्टरपार्टीलाई बोल मूल्यको २.५० प्रतिशतका दरले हर्जाना सहित आगामी ६ महिनासम्म खुला बजार तथा व्याजदर कोरिडोरसम्बन्धी कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाउन सकिने छ ।
बोलकबोलको बाँडफाँडमा ऋगत–याा च्बतभ लगाउने, पूर्ण वा आंशिक बोलकबोल आव्हान रकम स्वीकार वा अस्वीकार गर्ने लगायतका अधिकार समितिमा निहित रहने सूचनामा उल्लेख गरिएको छ ।