पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल१४५ रुपैयाँ पुग्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल१४५ रुपैयाँ पुग्यो



काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएर १४५ रुपैयाँ तोकेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर ३ रुपैयाँले बढाएर १२८ रुपैयाँ तोकिएको छ ।

एलपी ग्यासको मूल्य यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ । साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।

यसअघि निगमले माघ १८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।


प्रतिक्रिया दिनुहोस्