जीवन विकास लघुवित्तको बम्पर ७३.६८ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
८ फाल्गुन २०७८, आईतवार

जीवन विकास लघुवित्तको बम्पर ७३.६८ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । लघुवित्तले फागुन ७ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण घोषणा गरेको हो ।

लघुवित्तले घोषणा गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्