७ प्रतिशत लाभांश पारित गर्न हिमालयन जनरल इन्स्योरेन्सले साधारण सभा बोलायो, बुकक्लोज कहिले ?

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सको फागुन ६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारण सभा फागुन ३० गते, सोमबार केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा बिहान ११ बजेदेखि अनलाइन मार्फत बोलाएको हो ।
इन्स्योरेन्सको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने, चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै अन्य कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रयोजनको लागि अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने र संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सभाको विशेष अनुसूची रहेको छ ।
इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
