अशोक खड्का: सीईओ नेकोको चलाउने सेञ्चुरी बैंक !

काठमाडौं । नेपालको बीमा बजारमा चर्चित नाम हो अशोक खड्का । हक्की स्वभावका खड्का छोटो समयमै बैंक हुँदै बीमामा सीईओ बनिसकेका छन् । हाल नेको इन्स्योरेन्सको सीईओ रहेका खड्का कुनै बेला माछापुच्छ्रे बैंकको कर्मचारी थिए ।
गैरआवासीय नेपाली विरेन्द्र महतोको विश्वासिला खड्कालाई महतोकै प्रेसरमा बैंकबाट इन्स्योरेन्समा लगिएको थियो। एकैपटक बीमाको कुनै अनुभव नभएका खड्का सुरुमा नेको इन्स्योरेन्सको डेपुटी सीईओमा नियुक्त भए । पछि नेकोको सीईओ रहेका विश्व तिमिलाको कार्यकाल सकिएपछि खड्का छोटो अवधीमा सीईओ बने ।
गतवर्ष मात्रै खड्काकै बलमा सेञ्चुरी बैंकमा ३ जना संचालक निर्वाचित भए । ७ जना उम्मेदवारमध्ये ३ जना सर्वसाधारण समुहबाट निर्वाचित भएका थिए । तिनैजना खड्काकै मान्छे रहेको चर्चा बजारमा बेस्सरी चल्यो । नेको इन्स्योरेन्सको अध्यक्षसमेत भैसकेका रमेश कुमार निरौला सेञ्चुरी बैंकको संचालकमा गत वर्ष पुषमै निर्वाचित भएका हुन् । ऊनीसंगै सगरमाथा फाइनान्सको सीईओ भैसकेका मनबहादुर राई र पुर्वसचिव भैसकेका रणबहादुर श्रेष्ठपनि खड्काकै बलमा संचालक बने ।
एउटा ८ अर्वको बैंकमा ३ जना संचालक पव्लिकबाट जिताउन सक्ने खड्काको अहिले काम नेको इन्स्योरेन्स भन्दा पनि सेञ्चुरी बैंकमा खाली रहेको सीईओ नियुक्ती देखी मर्जरमा समेत हस्तक्षेप हुने गरेको छ । खड्काको अप्रत्यक्ष हस्तक्षेपले सेञ्चुरी बैंकले न सीईओ नियुक्त गर्न सकेको छ, न त मर्जरको निर्णय नै ।
सेञ्चुरी बैंकलाई माछापुच्छ्रे बैंकसंग मर्जर गराउन लागिपरेका खड्का अन्य बैंकसंग पनि स्वाप रेस्योमा वार्गेनिङ गर्दै हिँडेका छन् । सुरुमा माछापुच्छ्रे बैंकसंग मर्जरको कुरा चलेको सेञ्चुरीले पनि स्वाप रेस्योमा वार्गेनिङ गर्न प्रभु बैंकसंग पनि कुरा चलायो । प्रभु बैंकले ८२ रुपैयाँ मात्रै स्वापमा मर्जर गर्न रेडी भएपछि यसअघि माछापुच्छ्रेले दिएको ८५ लाई वार्गेनिङ गरेर ९० पु-याउने चर्चा चलेको छ ।
सेञ्चुरी बैंक र नेको इन्स्योरेन्सलाई चिन्नेहरु खड्काकै हस्तक्षेपका कारण मर्जको कुरा चल्दै बन्द हुँदै आएको छ । सुरुमा सेञ्चुरीका संथापक ग्रुपले नेपाल राष्ट्र बैंकका पुर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई सीईओ नियुक्ती गर्न छलफल चलाएका थिए । बैंक मर्जरमा लैजाने भन्दै बोर्डमै लफडा गरेका खड्का समुहका संचालकहरु निरौला, राई र श्रेष्ठले पाण्डेलाई सीईओ बन्न रोके ।
माछापुच्छ्रे बैंकमासमेत सीईओ नियुक्तीमा हस्तक्षेप गर्ने खड्कालाई यस्तो हैसियत दिनुमा विरेन्द्र महतो नै हुन् । माछापच्छ्रे बैंकका तत्कालिन सीईओ निरज श्रेष्ठलाई बर्खास्त गर्न होटल सांग्रिला लाजिम्पाटमा खड्का र महतोको ठुलै मिटिङ हुने गरेको थियो । सेञ्चुरी बैंकको नेको इन्स्योरेन्समा १५ प्रतिसतभन्दा कम सेयर भएपनि सीईओ खड्काको बोलबाल रहँदै आएको छ ।