सूर्या लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन « Arthapath.com
९ फाल्गुन २०७८, सोमबार

सूर्या लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन भएको छ । जसमा कम्पनीको थप ९% संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो ।

रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ६०% र सर्वसाधारण समूहको ४०% कायम रहेको थियो ।

कम्पनीको गत पुस १९ गते सम्पन्न साधारण सभाले सेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्