राष्ट्र बैंकले ८ अर्ब २३ करोड रुपैयाँ माथिको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब २३ करोड रुपैयाँ माथिको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन र १८२ दिन गरी दुई किसिममा कुल ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
एक सूचना जारी गर्दै राष्ट्र बैंकले बिल खरिदका लागि सार्वजनिक आह्वान गरेको छ । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिल भने भोलि मंगलबार बिक्री हुने बैंकले जनाएको छ ।
बैंककाअनुसार ९१ दिनका लागि कुल २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ । ९१ दिनको ट्रेजरी बिल फागुन १० गतेबाट शुरु भएर आगामी जेठ १० गते परिपक्व हुनेछ भने १८२ दिनको बिल फागुन १० गते शुरु भएर आगामी वर्ष भदौ ७ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल बिक्री गर्ने सूचना:
