लाइफ इन्स्योरेन्स कर्पोरेशनको १९ औँ वार्षिक साधारण सभाले शेयरधनीलाई मालमाल बनायो

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्स कर्पाेरेशनको १९ औँ वार्षिक साधारण सभा बुधबार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
इन्स्योरेन्सको सभाले गत आर्थिक बर्ष २०७६–७७ को नाफाबाट २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२६ प्रतिशत लाभांश पारित गरेको छ ।
त्यस्तै, साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष एमआर कुमारले पेश गरेको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवे पारित गरेको छ । साथै लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६–७७ को वासलात, आय व्यय र सोही अवधिको नगद प्रवाह लगायतका विवरणमाथि छलफल गरी पारित गरेको छ ।