यी हुन् ६ महिनामा धेरै नाफा आर्जन गर्ने ‘टप टेन लघुवित्त’, छिमेकको १९ प्रतिशत घट्दा पनि नम्बर वान « Arthapath.com
१२ फाल्गुन २०७८, बिहीबार

यी हुन् ६ महिनामा धेरै नाफा आर्जन गर्ने ‘टप टेन लघुवित्त’, छिमेकको १९ प्रतिशत घट्दा पनि नम्बर वान



काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा अधिकांश लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५० वटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद नाफा ४३.४६ प्रतिशत बढेर ६ अर्ब ३० करोड ५४ लाख १७ हजार रुपैयाँ आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्त संस्थाहरुले ४ अर्ब ३९ करोड ५० लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । यस अवधिमा १५ वटा लघुवित्तको नाफा घटेको छ भने ३५ वटा लघुवित्तको नाफा बढेको छ ।

चालु आर्थिक बर्षको ६ महिनामा सबैभन्दा धेरै नाफा छिमेक लघुवित्त वित्तीय संस्थाले आर्जन गरेको छ । छिमेक लघुवित्त वित्तीय संस्थाको चालु आवको पौष मसान्तसम्ममा खुद नाफा १९ प्रतिशत घट्दा पनि ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा निर्धन उत्थान लघुवित्तले ४९ करोड ३९ लाख ९५ हजार रुपैयाँ, तेस्रोमा फरवार्ड लघुवित्तले ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ, चौथौंमा जीवन विकास लघुवित्तले ४० करोड १६ लाख ५८ हजार रुपैयाँ र पाचौंमा एनआईसी एशिया लघुवित्तले ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, डिप्रोक्स लघुवित्तले ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ, सानाकिसान लघुवित्तले ३२ करोड ३८ लाख २ हजार रुपैयाँ, मेरो माइक्रोफाइनान्स लघुवित्तले २६ करोड ६५ लाख ६२ हजार रुपैयाँ, नेशनल माइक्रोफाइनान्स लघुवित्तले २४ करोड ६१ लाख ३ हजार रुपैयाँ र स्वावलम्बन लघुवित्तले २३ करोड ५१ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्