राष्ट्र बैंकको अनुमति बिना संस्थापक शेयरधनीले अन्य संस्थाको शेयर किन्न नपाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरधनीहरुले अन्य बैंक तथा वित्तीय संस्थाको शेयर खरिद गर्नु पर्दा राष्ट्र बैंकको अनुमति लिनुपर्ने भएको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै संस्थापक शेयरधनीले अन्य संस्थाको शेयर किन्न अनुमति लिनुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार कुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा सो भन्दा बढीे संस्थापक शेयर धारण गर्ने वा गरेका शेयरधनीले सो संस्था बाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक शेयर खरिद–बिक्री गर्नुपूर्व अनिवार्य रुपमा राष्ट्र बैंकको स्वीकृति लिनु पर्नेछ ।
उक्त ब्यवस्था अनुसार अव बैंक तथा वित्तीय संस्थाका संस्थापक शेयरधनीले अन्य बैंक तथा वित्तीय संस्थाको १० कित्ता शेयर खरिद गर्न पनि केन्द्रिय बैंकको स्वीकृति लिनुपर्ने भएको हो ।