लघुवित्तहरुको ब्याज आम्दानी ३१ प्रतिशत बढ्यो, गणपति र सपोर्टको घट्दा सूर्योदयले धेरै बढायो, १ नम्बरमा छिमेक

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा अधिकांश लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५० वटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् ।
चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्त संस्थाहरुले १३ अर्ब ३६ करोड ३३ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्त संस्थाहरुले १० अर्ब २२ करोड ९ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । गत आर्थिक बर्षको यस अवधिको तुलनामा चालु आवको ६ महिनामा लघुवित्त संस्थाहरुले ३०.७४ प्रतिशत बढी खुद ब्याज आम्दानी गरेका हुन् ।
चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्नेमा छिमेक लघुवित्त रहेको छ भने सबैभन्दा कम ब्याज आम्दानी गर्नेमा विन नेपाल लघुवित्त रहेको छ । यस अवधिमा गणपति लघुवित्त र सपोर्ट लघुवित्तको खुद ब्याज आम्दानी घटेको ट भने अन्य सबै लघुवित्तको बढेको छ । सूर्याेदय लघुवित्तको खुद ब्याज आम्दानी सबैभन्दा धेरै १७९.७० प्रतिशत बढेको छ ।
