एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित
काठमाडौं । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रतिनिधि सभाको आइतवारको बैठकमा सैद्धान्तिक छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
यद्यपि एमसीसी निर्णयार्थ पेश हुन भने बाँकी नै छ । मन्त्रिपरिषद् बैठक बसेर एमसीसीको व्याख्यात्मक घोषणा पारित गरेपछि आजै बस्ने प्रतिनिधि सभाको अर्को बैठकमा एमसीसी निर्णयार्थ पेश हुनेछ ।
बैठक साँझ साढे ६ बजे बस्ने गरी स्थगित भएको छ । मन्त्रिपरिषद् बैठक पनि संसद् भवनमै बस्ने तयारी भएको छ ।













