राष्ट्र उत्थान लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त « Arthapath.com
१५ फाल्गुन २०७८, आईतवार

राष्ट्र उत्थान लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त गरेको छ । क्यापिटलले आगामी दिनमा लघुवित्तको शेयर व्यवस्थापनको काम गर्नेछ । लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधिर प्रसाद लोहनीले जानकारी दिए ।

लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधि गरी राख्ने सम्बन्धी सम्पूर्ण काम एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ ।

लघुवित्तले फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।

लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २५ लाख ८५ हजार २६१ जना आवेदन परेको थियो । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाका अनुसार ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो भने २५ लाख ७९ हजार ४०२ जना आवेदकको २ करोड ९३ लाख ९७ हजार ६८० कित्ता शेयर मात्रै योग्य रहेको थियो ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको थियो । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ४९ हजार ४५० जनाले मात्रै लघुवित्तको १० कित्ता शेयर पाएका थिए ।

लघुवित्तको आईपीओ फागुन १२ गते बिहीबार बाँडफाँट सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्