१५.७९ प्रतिशत लाभांश पारित गर्न नेको इन्स्योरेन्सले साधारण सभा बोलायो, बुक क्लोज कहिले ? « Arthapath.com
१७ फाल्गुन २०७८, मंगलवार

१५.७९ प्रतिशत लाभांश पारित गर्न नेको इन्स्योरेन्सले साधारण सभा बोलायो, बुक क्लोज कहिले ?



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा चैत ९ गते बुधबार केन्द्रिय कार्यालय बीमा भवन, ज्ञानेश्वर काठमाडौंमा ११ बजे बोलाएको हो ।

इन्स्योरेन्सको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक बर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक बर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक बर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्ने छ ।

इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १ दिन शेयर दाखिल खारेज बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै कम्पनीको लाभांश प्राप्त तथा साधारण सभामा सहभागीता जनाउन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्