एमाले नुवाकाेट जनसंगठन समन्वय संयन्त्रकाे बैठक, एमाले जिताउन सबै जनसंगठन सक्रिय हुने
काठमाडाैं । नेकपा एमाले नुवाकाेटले जिल्लामा सक्रिय २२ जनवर्गिय संगठन सम्मिलित जनसंगठन समन्वय संयन्त्रकाे बैठक सम्पन्न भएकाे छ ।
फागुन १३ गतेकाे जिल्ला कमिटि बैठकले जनसंगठन समन्वय संयन्त्रकाे ईन्चार्ज तथा पार्टी उपसचिव निलकण्ठ आचार्यकाे अध्यक्षतामा बैठक सम्पन्न भएकाे छ । बैठकमा सबै जनवर्गिय संगठनकाे अवस्था र भावि रणनितीबारे छलफल भयाे ।

बैठकमा २२ अाेटै जनवर्गिय संगठनका ईन्चार्ज, सह-ईन्चार्ज र संबन्धित संगठनका अध्यक्ष, सचिवले संगठनकाे अवस्थाकाे बारेमा रिपाेर्टिङ गरेका थिए । बैठकलाई संबाेधन एमाले जिल्ला कमिटिका उपाध्यक्ष बुद्धि प्रधानले जनसंगठन पार्टी निर्माणकाे कारखाना रहेकाेले चुस्त दुरूस्त राख्न निर्देशन दिए ।

कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य तथा संघिय सांंसद नारायणप्रसाद खतिवडाले सबै जनवर्गिय संगठनलाई क्रियशिल बनाए मात्रै पार्टी बलियाे बन्ने बताए । बैठकमा एमाले केन्द्रीय सदस्य विन्दा ढुङ्गानाले जनसंगठनमा विवाद नरहेकाे बताइन् ।
एमाले बागमती प्रदेश कमिटि अध्यक्ष केशव पाण्डेले अधिवेसन हुन बाँकी रहेका जनवर्गिय संगठनकाे यही फागुन महिनाभित्र अधिवेसन सम्पन्न गर्न निर्देशन दिए ।













