सुर्या लाइफको सुरक्षा कवज बीमा योजना, १ करोडको बीमा प्रतिमहिना रु १२ सयमा « Arthapath.com
१७ फाल्गुन २०७८, मंगलवार

सुर्या लाइफको सुरक्षा कवज बीमा योजना, १ करोडको बीमा प्रतिमहिना रु १२ सयमा



काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमाशुल्कमा सबै नेपाली दाजुभाई दिदी बहिनीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पुर्ण वर्गको पहुँचमा होस् भन्ने सोच सहित ‘सुर्या सुरक्षा कवज’ बीमा योजना लागु हुने गरी सञ्चालनमा ल्याएको छ ।

हालको विषमा परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दि तथा कोरना भाइरसले जनजीवनमा देखिएको त्रस्तताको कारण समेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेको सन्दर्भमा सुर्या कवज लोकप्रिय हुने देखिएको छ ।

बीमा गर्दा ठुलो धनराशिको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन बीमा योजनाले बीमालाई हेर्ने दृष्टिकोणमा सकारात्मक प्रभाव पर्ने र बीमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्नै पुर्ण बिश्वास कम्पनीले लिएको बतााइएको छ ।

१८ बर्षको उमेर समुहले रु १ करोडको बीमाङ्कमा वार्षिक रु १४,५५० वा मासिक रु १२ सयमा नै जीवनको रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ । १८ देखि ६५ बर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस भन्ने अवधारणासहित लाई आत्मसात गरी जीवन बीमा प्रचलनमा ल्याएको छ ।

सुर्या सुरक्षा कवज न्युनतम १ लाख देखि आय श्रोतको आधारमा जति पनि गर्न सकिनेछ । जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यो योजनाले अन्य योजनाहरुसंग समिश्रण गरी थप जोखिम बहन गर्ने छ ।

१ देखि ३० वर्ष सम्म बीमा अवधि भएको, यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वा बार्षिक अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमाशुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको छ ।

जोखिम रक्षावरण गर्ने कार्यलाई सरल र सहज बनाउन यो योजनामा सरिक भई खरिद गर्न चाहने बीमितले कम्पनीको आधिकारिक वेवसाइटः– https://suryalife.com/proposal/buy-policy/184 वा मोबाइल एपबाट समेत घरैबाट लिन सकिने व्यवस्था गरिएको व्यहोरा प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काज्युले जानकारी गराएका हुन् । बीमा शुल्क भने उमेर र अबधिको आधारमा फरका पर्न सक्ने जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्