राष्ट्र बैंकले स्वीकृत गर्याे १०६.१० अर्ब रुपैयाँ पुनरकर्जा, पर्यटनमा ५० % र जलविद्युतमा २३.७६ %

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा १०६ अर्ब १० करोड रुपैयाँ बराबरको पुनरकर्जा स्वीकृत गरेको छ । राष्ट्र बैंकका अनुसार २४ हजार २६८ वटा बैंक तथा वित्तीय संस्थाबाट १०६ अर्ब १० करोड रुपैयाँ पुनरकर्जा स्वीकृत दिएको हो ।
राष्ट्र बैंकले ग्राहकको मुल्यांकको आधारमा प्रदान गरिने पुनरकर्जा अन्तर्गत १३ वटा बैंक तथा वित्तीय संथाबाट २० जना ऋणीलाई ३ अर्ब ५० करोड रुपैयाँको विशेष पुनरकर्जा र २९ वटा बैंक तथा वित्तीय संस्थाबाट ८३ ऋणीलाई १० अर्ब १४ करोड रुपैयाँको साधारण पुनरकर्जा स्वीकृत गरेको हो ।
त्यस्तै, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने पुनरकर्जामा लघु घरेलु तथा साना उद्यम पुनरकर्जा ९ हजार ४८६ ऋणीलाई ८ अर्ब १० करोड रुपैयाँ, विशेष पुनरकर्जा १ हजार ६८७ ऋणीलाई ८ अर्ब ७९ करोड रुपैयाँ र साधारण पुनरकर्जा १२ हजार ९९२ ऋणीलाई ७५ अर्ब ५८ करोड रुपैयाँ गरी कूल ९२ अर्ब ४६ करोड रुपैयाँ स्वीकृत गरेको छ ।
साथै ग्राहक ऋणी अनुसार स्वीकृत गरिएको पुनरकर्जा मध्ये पर्यटन क्षेत्रमा ४९.९७ प्रतिशत अर्थात् ६ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ, जलविद्युत क्षेत्रमा २३.७६ प्रतिशत अर्थात् ३ अर्ब २४ करोड रुपैयाँ, उत्पादनमुलक क्षेत्रमा ८.८२ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ, शिक्षा क्षेत्रमा ६.२७ प्रतिशत अर्थात् ८५ करोड ४९ लाख रुपैयाँ, अस्पताल क्षेत्रमा ५.०४ प्रतिशत अर्थात् ६८ करोड ७० लाख रुपैयाँ, निर्माण व्यवसायमा २.४७ प्रतिशत अर्थात् ३३ करोड ७५ लाख रुपैयाँ, खाद्य उत्पादन क्षेत्रमा १.४७ प्रतिशत अर्थात् २० करोड रुपैयाँ, यातायात क्षेत्रमा १.१२ प्रतिशत अर्थात् १५ करोड २२ लाख रुपैयाँ, व्यापार क्षेत्रमा ०.६८ प्रतिशत अर्थात् ९ करोड ३२ लाख रुपैयाँ, र कपडा क्षेत्रमा ०.४० प्रतिशत अर्थात् ५ करोड ४७ लाख रुपैयाँ स्वीकृत भएको छ ।