बैंकहरुको निक्षेप संकलन कर्जाको तुलनामा दोब्बर बढ्यो, सिडी रेसियो ९०.७६ प्रतिशत « Arthapath.com
२३ फाल्गुन २०७८, सोमबार

बैंकहरुको निक्षेप संकलन कर्जाको तुलनामा दोब्बर बढ्यो, सिडी रेसियो ९०.७६ प्रतिशत



काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुले निक्षृप संकलन बढाएका छन् । निरन्तर निक्षेप घटिरहेपछि फागुन महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए । सोही कारण बैंकहरुमा निक्षेप बढेको देखिन्छ । यसघिको सातामा निक्षेप खासै बढेको थिएन भने यसपटक भने बैंकहरुले निक्षेप बढाएका हुन् ।

एक सातामा बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँ बढेको छ । फागुन १३ गते ४१ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले फागुन २० गतेसम्म आइपुग्दा ११ अर्ब रुपैयाँ बढेर ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । त्यस्तै, २० दिनमा बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँ मात्रै बढेको छ । माघ मसान्तसम्ममा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

त्यस्तै, एक सातामा बैंकहरुले ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । फागुन १३ गते ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुको ५ अर्ब रुपैयाँ लगानी गरेर ४१ खर्ब ७० रुपैयाँ कर्जा लगानी पुगेको छ । त्यस्तै, फागुन २० गतेसम्ममा बैंकहरुले १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । माघ मसान्तसम्ममा बैंकहरुले ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

नेपाल बैंकर्स संघका अनुसार बैंकहरुको सिडी रेसियो ९७६ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्