माघ महिनासम्म १ करोड १० लाखले जीवन बीमा गरे

काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा विभिन्न जीवन बीमा योजनाको संख्या १ करोड भन्दा बढी कुल बीमालेख संख्या रहेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार जस्वन बीमा व्यवसाय गर्ने बीमकहरुको माघ महिनासम्म सक्रिय रहेको कुल बीमा लेख संख्या १ करोड १० लाख ८६ हजार रहेका छन् ।
सबैभन्दा बढी बाग्मती प्रदेशमा रहेका छन् । बाग्मती प्रदेशमा ७३ लाख ४३ हजार ७८५ ले विभिन्न बीमा गरेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ लाख ४२ हजार ६५४ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ७८ हजार ४५५ ले विभिन्न बीमा गरेका छन् । विभिन्न बीमा गर्नेमा ५१ प्रतिशत जनसंख्या बाग्मती प्रदेशमा नै रहेका छन् ।
चालु आर्थिक बर्षको ७ महिनासम्ममा जीवन बीमा कम्पनीमा सक्रिय रहेका कुल बीमा लेख मध्य प्रदेश नम्बर १ को सावधिक जीवन बीमा संख्या २ लाख ८१ हजार ८५७, मधेश प्रदेशमा १ लाख ४९ हजार १३१, बागमती प्रदेशमा १० लाख ६९ हजार ३६५, गण्डकी प्रदेशमा १ लाख ४६ हजार ३६५, लुम्बिनी प्रदेशमा २ लाख ३० हजार ९०९, कर्णाली प्रदेशमा ७५ हजार ६ र सुदूरपश्च्मि प्रदेशमा १ लाख २३ हजार ३७१ सावधिक जीवन बीमा लेख जारी गरेका छन् ।
त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमा प्रदेश नम्बर १ मा ७२ हजार ९५८, मधेश प्रदेशमा ५७ हजार ६२३, बाग्मती प्रदेशमा १ लाख १९ हजार ८३९, गण्डकी प्रदेशमा ३८ हजार ५९५, लुम्बिनी प्रदेशमा ७६ हजार ३४४, कर्णाली प्रदेशमा २३ हजार २७४ र सुदूरपश्चिम प्रदेशमा ३८ हजार ५७४ ले अग्रिम भुक्तानी सावधिक जीवन बीमा गरेका छन् ।
त्यसैगरी, रुपान्तरिक सावधिक जीवन बीमा प्रदेश नम्बर १ मा ६२ हजार २३३, मधेश प्रदेशमा १ लाख ४३ हजार ३ सय, बाग्मती प्रदेशमा १ लाख २६ हजार ४२ जना, गण्डकी प्रदेशमा ४० हजार २९२ जना, लुम्बिनी प्रदेशमा ८४ हजार २०८ जना, कर्णाली प्रदेशमा १६ हजार २०७ जना र सुदूरपश्चिम प्रदेशमा २४ हजार ३८० जनाले रुपान्तरिक सावधिक जीवन बीमा गरेका छन् ।
त्यसैगरी बालबच्चा सम्बन्धि सावधिक बीमा प्रदेश नम्बर १ मा १ लाख ४१ हजार ७१४ जना, मधेश प्रदेशमा ७५ हजार ७९४ जना, बाग्मती प्रदेशमा २ लाख २८ हजार ५६२ जना, गण्डकी प्रदेशमा ८४ हजार ५५३ जना, लुम्बिनी प्रदेशमा १ लाख ६१ हजार ५८८ जना, कर्णाली प्रदेशमा ६८ हजार ५३८ जना र सुदूरपश्चिम प्रदेशमा १ लाख ९० हजार ७० जनाले बालबच्चा सम्बन्धि सावधिक बीमा गरेका छन् ।
त्यसैगरी बैदेशिक रोजगार म्यादि जीवन बीमा प्रदेश नम्बर १ मा २६८ जना, मधेश प्रदेशमा ३१२ जना, बाग्मती प्रदेशमा ८ लाख १५ हजार २१७ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा २२ हजार ८६७ जना, कर्णाली प्रदेशमा १७१ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ६९४ जनाले बैदेशिक रोजगार म्यादि जीवन बीमा गरेका छन् ।
त्यसैगरी, आजिवन जीवन बीमा १९ हजार ४४२ जना, मधेश प्रदेशमा २२ हजार ९१० जना, बाग्मती प्रदेशमा १९ हजार ३२३ जना, गण्डकी प्रदेशमा १७ हजार ६२६ जना, लुम्बिनी प्रदेशमा २९ हजार २६९ जना, कर्णाली प्रदेशमा ८ हजार ४१ जना र सुदूरपश्चिम प्रदेशमा ८ हजार ४७ जनाले आजिवन जीवन बीमा गरेका छन् ।
त्यसैगरी एकल बीमा शुल्क जीवन बीमा प्रदेश नम्बर १ मा २ हजार ७५३ जना, मधेश प्रदेशमा ४ हजार २३९ जना, बाग्मती प्रदेशमा ४ हजार ४४० जना, गण्डकी प्रदेशमा १ हजार ३९६ जना, लुम्बिनी प्रदेशमा ३ हजार ८९४ जना, कर्णाली प्रदेशमा ९७८ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ७८१ जनाले एकल बीमा शुल्क जीवन बीमा गरेका छन् ।
त्यसैगरी, म्यादि जीवन बीमा प्रदेश नम्बर १ मा ३ लाख ३७ हजार ४३२ जना, मधेश प्रदेशमा १० हजार ४५३ जना, बाग्मती प्रदेशमा ३६ लाख ७४ हजार ८११ जना, गण्डकी प्रदेशमा २८ हजार ६१७ जना, लुम्बिनी प्रदेशमा २८ हजार ३०३ जना, कर्णाली प्रदेशमा ६ हजार ८९३ जना र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३१४ जनाले म्यादि जीवन बीमा गरेका छन् ।
त्यसैगरी लघु जीवन बीमा प्रदेश नम्बर १ मा ४३ हजार ५७९, मधेश प्रदेशमा ९९ हजार २५६, बाग्मती प्रदेशमा १२ लाख ८६ हजार १८६, गण्डकी प्रदेशमा १ लाख २ हजार १०२, लुम्बिनी प्रदेशमा १ लाख ९९ हजार ६५२, कर्णाली प्रदेशमा २ लाख ४३ हजार ५४६ र सुदूरपश्चिम प्रदेशमा १ लाख ६२ हजार २२४ ले लघु जीवन बीमा गरेका छन् ।
