नेशनल लाइफका शेयरधनी मालामाल !

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३औं वार्षिक साधारण सभा फागुन २९ गते अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभामा कम्पनी अध्यक्ष सिंहले कोभिड १९ को प्रकोप यथावत रहेतापनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बीमितको आवश्यकता अनुसारको उच्च गुणस्तरीय बीमा योजनाहरुले गर्दा जीवन बीमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताई । नेपालको बीमा बजारमा आउने दिनहरुमा जोखिम सुरक्षा गर्ने बीमा योजनाहरुको बढी मांग हुने आकलन गर्दै आर्थिक समावेशी एवं वित्तिय साक्षरतामा बृद्धि गर्ने नेपाल सरकारको प्रयासहरु साथै बढ्दो घरेलु वचत एवं प्रति ब्यक्ति आम्दानीमा भएको बृद्धिको कारणले समेत जीवन बीमा क्षेत्रमा थप टेवा पुग्न गएको उनको धारणा छ ।
सभामा अध्यक्षले आर्थिक बर्ष २०७६–०७७ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कूल बीमाशुल्क १५.१२ प्रतिशतले बृद्धि भई ९२६.७४ करोड रुपैयाँ पुगेको छ । जीवन बीमा कोष २४.२९ प्रतिशतले बृद्धि भई ३,३४६ करोड रुपैयाँ पुगेको र कूल लगानी १८.८४ प्रतिशतले बृद्धि भई ३,१८५ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आर्थिक बर्ष २०७६–०७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको छ । साथै कम्पनीको चुक्ता पूँजी समेत सन्तोषजनक रहेको र चालु वर्षको वोनस समेत गरी कूल पूँजी ४ अर्ब ३ करोड रुपैयाँ नाघेको छ ।
कम्पनीको बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निर्देशन अनुसार ँगतगचभ द्ययलगक एचयखष्कष्यलष्लन मा यथेष्ट ब्यवस्था गरिए पनि बीमितहरुलाई पूर्व वर्ष सरह वोनस दर प्रदान गर्न सफल भएको छ । आगामी वर्षहरुमा समेत बीमितहरुलाई बीमालेखमा यथोचित प्रतिफल उपलब्ध गराउने अध्यक्षले कम्पनीको प्रतिबद्धता जनाईन् ।
सभामा अध्यक्षले आर्थिक बर्ष २०७७–०७८ मा कम्पनीको ब्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमाशुल्क ७१ प्रतिशतले बृद्धि भई ४ अर्ब रुपैयाँ नाघेको जानकारी गराईन् ।
३३ औं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७६–०७७ को लागि चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर जारी गर्ने र सो बोनस शेयर वापतको कर प्रयोजनको लागि १ प्रतिशत अर्थात ३ करोढ ३९ लाख ८ हजार ८९२ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको छ ।
यसैगरी सो साधारण सभावाट संस्थापक समूह क वर्गबाट ३ जना प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर पाँडे र कुशल मल्ली संचालकमा निर्वाचित भएका छन् भने सर्वसाधारण ख वर्गबाट २ जना भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका छन् ।