हिमालयन बैंकमा मर्जर गराउन चाहनेले डिमर्जमा हस्ताक्षर गर्न नमानेपछि… « Arthapath.com
५ असार २०८३, शुक्रबार

हिमालयन बैंकमा मर्जर गराउन चाहनेले डिमर्जमा हस्ताक्षर गर्न नमानेपछि…



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडेको हिमालयन बैंकलाई अर्को पार्टनर भेट्न निकै सकस परेको छ । १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने गरी नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले २०७८ वैशाख ३० गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर (एमओयू) गरेका थिए ।

एमओयू भएको केही समयमै जेठ १९ मा नेपाल राष्ट्र बैंकले प्रारम्भिक सहमति दिएको थियो । तर, पुस मसान्तमा सम्पन्न हिमालयन बैंकको साधारणसभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव अस्वीकृत ग¥यो । जसले दुई बैंकबीचको मर्जरमा पूर्णविराम लाग्यो ।

पुस मसान्तमा नै साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरिसके पनि अहिलेसमम डी–मर्जरका लागि भने दुवै बैंकले राष्ट्र बैंकमा पत्राचार गरेका छैनन् । डि–मर्जमा हस्ताक्षर कसले गर्ने भन्ने विवाद हुँदा हिमालयन बैंकको सञ्चालक समितिमा विवाद देखियो । मर्जर समितिका दुई सदस्य सुनिलबहादुर थापा र आशिष शर्माले बैंकको मर्जर समितिबाट नै राजीनामा दिए ।

“हामीले त मर्जर गर्नुपर्छ भनेको हो, र त्यहीअनुसार पहल पनि गरको हो । तर, पहिले प्रतिनिधित्व गर्ने सञ्चालक अध्यक्ष हुँदा मर्जर गर्नुपर्छ भनेर एमओयू हुने अहिलेको सञ्चालक मर्जर गर्नु हुँदै भनेर विपक्षमा उभिने,” मर्जर समितिबाट राजीनामा दिएका ती सञ्चालकले भने, “मर्जरको विपक्षमा उभिएको कर्मचारी सञ्चय कोषले डी–मर्जरमा हस्ताक्षर गर्दा भयो भनेर मर्जर समितिबाट राजीनामा दिएको हो ।”


हिमालयन बैंककमा सञ्चालक थापा र शर्माले डी–मर्जरका लागि तयार नहुँदा संयुक्त मर्जर समितिले राष्ट्र बैंकमा पत्राचार गर्न ढिला भएको स्रोतको दाबी छ । तर, उनीहरू दुवैले मर्जर समितिबाट राजीनामा दिएसँगै बैंक सञ्चालक समितिले डी–मर्जरका लागि निर्णय ग¥यो भने मर्जर समितिमा विजयबहादुर श्रेष्ठ र राधाकृष्ण पोतेले प्रतिनिधित्व गर्दै संयुक्त मर्जर कमिटीको डी–मर्जरसम्बन्धी निर्णयमा हस्ताक्षर भइसकेको स्रोतको दाबी छ ।

यद्यपि डिमर्जरको चिठी राष्ट्र बैंकमा भने पुगेको छैन । राष्ट्र बैंकले नै डी–मर्जर भएको मर्जर त्यसको जानकारी गराउने भन्दै बैंकलाई पत्राचार गरेको छ । राष्ट्र बैंकले प्रत्यक्षरूपमा अर्को बैंकसँग मर्जरका लागि दबाब नदिए पनि अप्रत्यक्षरूपमा एमओयू गर्न दबाब दिएको छ । सोहीअनुसार हिमालयन बैंकले सम्भावित मर्जर पाटर्नरसँग छलफल पनि चलाएको छ । तर, राष्ट्र बैंकको दबाब झेलिरहेको हिमालयन बैंकसँग बैंकहरूले बढी स्वाप रेसियोमा बार्गेनिङ गर्दा कुरा मिल्न सकेको छैन ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग एमओयू आगाडि ४० प्रतिशत स्वाप रेसियोको कुरा भएको सिभिल बैंकले अहिले ७० प्रतिशत माग्यो अन्य बैंकसँगको पनि छलफलको अवस्था त्यस्तै, छ, राष्ट्र बैंकले मर्जर नगर्ने हो भने लाभांश रोक्नेमात्रै हैन अन्य समस्या थपिँदै जानेछ”, बैंक स्रोतले भन्यो ।

हिमालयन बैंकले सिभिलसँगै सेञ्चुरी, कुमारी, बैंक अफ काठमाडौं, माछापुच्छ«े र सनराइज बैंकसँग मर्जरका लागि छलफल गरेको छ । तर, कुनै पनि बैंकसँम ब्रेक थ्रु हुनेगरी छलफल हुन नसकेको बैंक स्रोतको दाबी छ ।

हिमालयन बैंकका केही सञ्चालक भने अझै पनि नेपाल इन्भेष्टमेन्ट बैंकसँग नै मर्जर गर्नुपर्ने पक्षमा छन् । त्यसका लागि भूमिका खेलिदिन राष्ट्र बैंकसँग लबिङ पनि गरिरहेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक पनि अझै पनि हिमालयन बैंकसँग मर्जरका लागि सकारात्मक रहेको स्रोतको दाबी छ ।

सुरुवातबाट नै हिमालय बैंकको संस्थापक सेयरधनी प्रचण्डबहादुर श्रेष्ठ समूह मर्जरको विपक्षमा रहेको थियो । जसले गर्दा बैंकको मर्जर प्रक्रिया स्वःस्फूर्तरूपमा अगाडि बढ्न सकेन ।

बैंक सञ्चालक समितिमा विवाद बढ्दै जाँदा निर्धारित समयमा मर्जर प्रक्रिया अगाडि बढ्न नसकेपछि संयुक्त मर्जर समितिको पत्राचारका े आधारमा राष्ट « बै ंकल े दु ई पटकसम्म ३–३ महिनाको समय थप गरिदियो ।

तर, सुरुमा हाल बैंकका अध्यक्ष रहेको प्रचण्डबहादुर श्रेष्ठ समूहमात्रै मर्जरको विपक्षमा रहेकोमा अन्तिममा कर्मचारी सञ्चय कोषले पनि मर्जरको विपक्षमा उभिँदा मर्जर तोडिन पुग्यो । कर्मचारी कोष्का प्रशासनक तुलसी गौतम अध्यक्ष हुँदा एमओयू भएकोमा उनको ठाउँमा अर्को सञ्चालक आउन साथ मर्जर तोडिन निर्णयक भूमिका पनि कोषकै रह्यो ।

यी दुई बैंकको मर्जर भएको भए अरू बैंकलाईं पनि मर्जरमा दबाब हुने राष्ट्र बैंकको बुझाइ थियो । तर, त्यो सफल नहुँदा राष्ट्र बैंकलाई पनि धक्का लागेको छ ।


प्रतिक्रिया दिनुहोस्