१० श्रावण २०८३, आइतबार

वार्षिकोत्सव विशेषांकमा छाप्न धितोपत्र बोर्डले माग्यो लेख रचना

वार्षिकोत्सव विशेषांकमा छाप्न धितोपत्र बोर्डले माग्यो लेख रचना



काठमाडौं । नेपाल धितोपत्र बोर्डले वार्षिकोत्सवमा प्रकाशित हुने विशेषांकमा छाप्नको लागि लेख रचना पठाउन आग्रह गरेको छ । बोर्डले धितोपत्र बजार, पुँजी बजार, मुद्राबजार तथा अर्थतन्त्रसँग सम्बन्धित,तथ्यपरक लेख रचना पठाउन आग्रह गरेको हो ।

बोडसँग सम्वन्धित लेख रचना पठाउन भनेको हो । लेख रचना पठाउँदा कम्तिमा २ हजार शब्द हुनु पर्ने छ । नेपाल वा अंग्रेजी माध्यममा भएपनि पठाउन आग्रह गरेको हो । रचना अन्यन्त्र प्रकाशित नभएको र प्रकाशनको लागि नपठाईएको हुनु पर्ने छ ।

“बोर्डको बार्षिकोत्सवको अवसरमा नियमितरुपमा धितोपत्र बजार, पुँजी बजार, मुद्रा बजार तथा अर्थतन्त्रसंग सम्बन्धित तथ्यपरक तथा विष्लेषणात्मक लेखररचना समावेश गरी लेख विशेषाङ्क प्रकाशन गरिदै आएको व्यहोरा सबैलाई विदितै छ । उक्त सम्बन्धमा आगामी जेष्ठ २५ देखि बोर्ड ३० औं वर्षमा प्रवेश गर्ने हुँदा सो अवसरमा “नेपाल धितोपत्र बोर्ड, बार्षिकोत्सव लेख विशेषाङ्क, २०७९” प्रकाशन गरिने भएकोले यस क्षेत्रसंग सम्बन्धित तथ्यपरक तथा विष्लेषणात्मक लेखररचना (नेपाली वा अङ्ग्रेजी भाषामा, कम्तीमा २००० शब्द, प्रिती वा Times New Roman फन्टमा टाइप गरी) यहि मिति २०७९ बैशाख मसान्तसम्ममा [email protected] मा पठाउनु हुन अनुरोध गरिन्छ । साथै, लेख रचना अन्यत्र प्रकाशित नभएको तथा प्रकाशनको लागि पेश समेत नगरिएको हुनु पर्नेछ तथा लेखररचना प्रकाशन गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बोर्डमा रहनेछ व्यहोरा समेत अनुरोध छ ।”