वाणिज्य बैंकहरु ब्याज बढाएपछि १५ अर्ब रुपैयाँ निक्षेप संकलन, सिडी रेसियो ९१.०८ प्रतिशत

काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघकका अनुसार एक साताको अवधिमा बैंकहरुले २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । फागुन २० गते ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले बढाएर फागुन २७ गतेसम्ममा ४३ खर्ब २६ अर्ब रुपैयाँ पुर्याएका छन् ।
एक महिनाको अवधिमा भने बैंकहरुले १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुले ब्याजदर बढाएपछि १५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका हुन् । माघ मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ११ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका थिए ।
यता बैंकहरुले १ अर्ब रुपैयाँ कर्जा लगानी घटाएका छन् । फागुन २० गते ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले कर्जा घटाएर फागुन २७ गतेसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ लगानी गरेको देखिन्छ । तर २७ दिनको अवधिमा भने १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । माघ मसान्तसम्ममा बैंकहरुले ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको सिडी रेसियो ९१.०८ प्रतिशत रहेको छ ।