राष्ट्र बैंकको १० प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँको नागरिक बचतपत्र २०८३ बिक्री खुला

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८३ “क” निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा नागरिक बचतपत्र २०८३ “क” निष्काशन गर्ने भएकाले इच्छुक नेपाली नागरिकहरुले बचतपत्र खरीद गर्नको लागि आवेदनका लागि राष्ट्र बैंकले अनुरोध गरेको छ ।
राष्ट्र बैंकले बार्षिक १० प्रतिशत ब्यादरमा २ अर्ब रुपैयाँको नागरिक बचत पत्र २०८३ जारी गर्न लागेको हो । ब्याज ६–६ महिनामा भुक्तानी गरिने छ भने ब्याजदरमा ब्याजकर पनि लाग्नेछ ।
इच्छुक आवेदकले न्यूनतम १० हजार रुपैयाँ र अधिकतम कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिनुपर्ने छ ।
उक्त बचतपत्र धितो राखी राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन–दिन सकिने छ । नेपाली नागरिकले मात्रै उक्त बचतपत्रमा आवेदन दिन पाउनेछन् ।
नागरिक बचतपत्र २०८३ “क” आज चैत १ गतेदेखि चैत २० गतेसम्म बिक्री खुला गरिएको छ । चैत ३० गते निष्कानशन गरिने छ भने २०८३ चैत ३० गते ३० गते साँवा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।