शेयरधनी मालमाल बनाउने जीवन विकास लघुवित्तका सीईओको तलब कति ? संचालकलाई विदेश भ्रमणमा दैनिक ९० डलर « Arthapath.com
४ चैत्र २०७८, शुक्रबार

शेयरधनी मालमाल बनाउने जीवन विकास लघुवित्तका सीईओको तलब कति ? संचालकलाई विदेश भ्रमणमा दैनिक ९० डलर



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत अषाढ ११ गते शुक्रबारदेखि अषाढ १५ गतेसम्म प्राथमिक सेयर निष्काशन (आईपीओ) गरेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लघुवित्तको शेयर साउन दोस्रो साता अर्थात साउन १४ गतेदेखि कारोबार शुरु भएको थियो ।

आईपीओ निष्काशन गरेको पहिलो बर्ष नै लघुवित्तले शेयरधनीहरुलाई बम्पर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक बर्षको नाफाबाट यति धेरै लाभांश दिने लघुवित्तमा जीवन विकास लघुवित्त मात्रै हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.६८ प्रतिशत नगद गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश पारित भएपछि लघुवित्तका शेयरनी पहिलो बर्ष नै मालामाल बनेका छन् । उता नेप्सेको तथ्याङ्क अनुसार शुक्रबारसम्म लघुवित्तको शेयर मूल्य ४ हजार ९७५ रुपैयाँ प्रतिकित्ता रहेको छ ।

लघुवित्तले शेयरधनी मात्रै होइन आफ्ना कर्मचारीलाई पनि सन्तुष्ट बनाउन सफल भएको छ । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजय कुमार मण्डलले एक बर्षमा झण्डै आधा करोड रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।

लघुवित्तले सार्वजनिक गरेको आर्थिक बर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन अनुसार प्रमुख कार्यकारी अधिकृतलाई ४२ लाख ८५ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् । सीईओले तलबवापत २४ लाख ३० हजार रुपैयाँ, भत्ता वापत ५ लाख ७० हजार ५ सय रुपैयाँ, संचय कोष थप २ लाख ४३ हजार रुपैयाँ, बोनस वापत ७ लाख ८० हजार ४१ रुपैयाँ, औषधि वापतको खर्च १ लाख ३३ हजार १५० रुपैयाँ, बीमा खर्च ९५ हजार ६१६ रुपैयाँ र विदा वापतको भुक्तानी वापत ३३ हजार २८७ रुपैयाँ गरी कूल ४२ लाख ८५ हजार ५९४ रुपैयाँ पारिश्रमिक बुझेका हुन् ।

आर्थिक वर्ष २०७६–७७ मा कर्मचारी खर्च ३३ करोड २७ लाख ८४ हजार ९४८ रुपैयाँ र कार्यालय संचालन खर्च ६ करोड १२ लाख ८६ हजार ५९० रुपैयाँ गरी कूल ३९ करोड ५० लाख ७१ हजार ५३८ रुपैयाँ खर्च गरेको छ ।

लघुवित्तले संचालक समितिको बैठक भत्तावापत अध्यक्ष र संचालकहरुलाई प्रतिबैठक भत्ता २ हजार रुपैयाँ प्रदान दिने गरेको छ । स्वदेश भ्रमणका लागि अध्यक्ष तथा संचालकलाई दैनिक १ हजार रुपैयाँ र भारत भ्रमणका लागि दैनिक १ हजार रुपैयाँ भारु र अन्य मुलुकका लागि ९० रुपैयाँ डलर दिने प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्