बीमा समितिद्वारा १४ बीमा कम्पनीलाई कारवाही

काठमाडौं । नियामक निकाय बीमा समितिले नियम उल्लङ्घन गर्ने विभिन्न १४ बीमा कम्पनीलाई कारवाही गरेको छ । चालु आर्थिक बर्षको अर्धवार्षिक समिक्षा कार्यक्रममा बोल्दै बीमा समितिले नियम विपरित कार्य गर्ने विभिन्न १४ वटा बीमा कम्पनीलाई कारावाही गरेको जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ र जनरल इन्स्योरेन्सलाई कारवाही गरेको छ । नेपाल लाइफलाई २० हजार रुपैयाँ, प्राइम लाइफलाई १० हजार रुपैयाँ र जनरल इन्स्योरेन्सका संचालकलाई कारवाही गरेको हो ।
त्यस्तै, बीमा ऐन तथा बीमा नियमावली विपरित कार्य गर्ने दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाइ कारवाही गरेको हो । यी कम्पनीहरुलाई १० हजार रुपैयाँका दरले जरिवाना तिराइएको बीमा समितिले जनाएको छ ।