४ दिनमा बैंकहरुको ५ अर्ब रुपैयाँ निक्षेप गायब, सीडि रेसियो ९१.१९ प्रतिशत « Arthapath.com
६ चैत्र २०७८, आईतवार

४ दिनमा बैंकहरुको ५ अर्ब रुपैयाँ निक्षेप गायब, सीडि रेसियो ९१.१९ प्रतिशत



काठमाडौं । वाणिज्य बैंकहरुले चैत्र महिनामा ब्याज नबढाउने निर्णय गरेपछि निक्षेप पनि घटेको छ । यसअघि फागुन महिनाको ब्याजदर नै चैत्र महिनामा लागू हुने गरी यथावत राखेपछि निक्षेप संकलन घटेको हो ।

४ दिनको अवधिमा बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेको छ । फागुन मसान्तसम्ममा ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरका वाणिज्य बैंकहरुले चैत्र ४ गतेसम्ममा ५ अर्ब रुपैयाँ घटेर ४३ खर्ब २८ अर्ब रुपैयाँमा सिमित भएको छ ।

तर एक सातामा भने बैंकहरुको निक्षेप संकलन २ अर्ब रुपैयाँ बढेको छ । फागुन २७ गतेसम्म ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

४ दिनको अवधिमा बैंकहरुले कर्जा प्रवाह पनि घटाएका छन् । यस अवधिमा बैंकहरुको कर्जा प्रवाह ४ अर्ब रुपैयाँले घटाएका हुन् । फागुन ३० गते अर्थात मसान्तसम्ममा ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले चैत्र ४ गतेसम्ममा ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । एक साताको अवधिमा बैंकहरुको कर्जा १ अर्ब रुपैयाँ घटेको छ । फागुन २७ गतेसम्ममा ४१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

नेपाल बैंकर्स संघका अनुसार सीडि रेसियो ९१.१९ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्