राष्ट्र बैंकका निर्देशकको सरुवा, भट्टलाई शक्तिशाली विभागको जिम्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशकको जिम्मेवाी हेरफेर गरिएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकहरु एकअर्काको विभागमा सरुवा गरिएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभागका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् ।
यसअघि बैंक सुपरिवेक्षण विभागमा रहेका गुणाकर भट्टलाई बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी दिईएको छ । गभर्नर अधिकारीले शक्तिशाली विभागको रुपमा लिईएको बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी भट्टलाई दिएका हुन् । निर्देशक भट्ट राष्ट्र बैंकका प्रवक्ता पनि हुन् ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था नियमन विभागका देवकुमार ढकाललाई बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी दिईएको हो ।
त्यस्तै, गभर्नर अधिकारीले राष्ट्र बैंकमा कामू कार्यकारी निर्देशक रहेका विमलराज खनाललाई कार्यकारी निर्देशक बनाएका छन् । खनाललाई गैर बैंंकिङ सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ ।