सानिमा लाइफको नयाँ बोनस दर सार्वजनिक, ७० रुपैयाँसम्म बोनस पाउने « Arthapath.com
९ चैत्र २०७८, बुधबार

सानिमा लाइफको नयाँ बोनस दर सार्वजनिक, ७० रुपैयाँसम्म बोनस पाउने



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६–७७ सम्मको बीमाङ्कीय मूल्याङ्कन अनुसार बोनसदर घोषणा गरेको हो ।

कम्पनीले मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुको लागि उक्त अवधिको प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा बोनसदर निर्धारण गरेको हो ।

इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमा योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस प्रदान गर्ने भएको छ ।

त्यस्तै, सावधिक जीवन बीमा योजना (एकल) मा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिनेछ ।

त्यस्तै, कम्पनीले त्रिपल सावधिक बीमा योजनामा न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस वितरण गर्नेछ । त्यस्तै, दम्पति सावधिक बीमा योजनामा प्रतिहजार २० रुपैयाँदेखि अधिकतम २० रुपैयाँ बोनस पाउनेछन् ।

त्यस्तै, साविधिक तथा आजीवन बीमा योजनामा भने न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने छन् । त्यस्तै, अग्रिम भुक्तानी योजनामा न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँ प्रदान गर्नेछ ।

त्यस्तै, इन्स्योरेन्स कम्पनीले वार्षिक अग्रिम भुक्तानी योजनामा जम्मा २० र २३ रुपैयाँ पाउने छन् ।
उक्त बोनसदर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरुमा लागू हुने छ । साथै अर्काे बीमाङ्कीय मूल्याङ्कन अनुसार समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्