७ बर्षपछि डबल डिजिटमा लाभांश दिएको नेपाल इन्स्योरेन्सको ९ बर्षमा ८४ % मात्रै, बोनस र नगद कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सोमबार (चैत्र ७ गते) बसेको सञ्चालक समितिको बैठकले ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद गरी कूल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात मात्रै शेयरधनीहरुले पाउनेछन् ।
इन्स्योरेन्स कम्पनीले ७ बर्षपछि दोहोरो अंकमा बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघिका बर्षमा एकल अंकमा बोनस शेयर वितरण गर्दै आएकोमा यसपटक भने डबल अंकमा बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि ७ बर्ष पहिला आर्थिक बर्ष २०६८–६९ मा इन्स्योरेन्स कम्पनीले २० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका बर्षहरुमा भने सिंगल डिजिजमा बोनस शेयर वितरण गर्दै आएको थियो ।
इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७६–७७ मा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७५–७६ मा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २.८९ प्रतिशत नगद गरी कूल ७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४–७५ मा ७.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । भने नगद लाभांश वितरण गरेको थिएन् ।
त्यस्तै, इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७३–७४ मा ४.५२ प्रतिशत बोनस शेयर गरेको थियो भने नगद लाभांश दिएको थिएन ।
त्यस्तै, इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७२–७३ मा ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो भने नगद वितरण गरेको थिएन ।
त्यस्तै, इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७०–७१ मा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद गरी कूल ९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०६८–६९ मा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०६७–६८ मा ७.३५ प्रतिशत बोनस शेयर लाभांश वितरण गरेको थियो भने नगद लाभांश वितरण गरेको थिएन ।
इन्स्योरेन्स कम्पनीले ९ बर्षको इतिहासमा ८४.३७८९ प्रतितश लाभांश वितरण गरेको छ । जसमध्ये ७७.३९ प्रतिशत बोनस शेयर र ६.९८८९ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।