प्रतिकित्ता १५० रुपैयाँमा गुडविल फाइनान्सको ९३ हजार ४८९ कित्ता शेयर बिक्रीमा « Arthapath.com
१४ चैत्र २०७८, सोमबार

प्रतिकित्ता १५० रुपैयाँमा गुडविल फाइनान्सको ९३ हजार ४८९ कित्ता शेयर बिक्रीमा



काठमाडौं । गुडविल फाइनान्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ९३ हजार कित्ता शेयर शिलबन्दी बोलकबोलमार्फत बिक्री खुला गरेको छ । फाइनान्स कम्पनीले आज (चैत्र १४ गते, सोमबार) देखि ९३ हजार ४८९ संस्थापक शेयर शिलबन्दी बोलकबोलमार्फत बिक्री खुला गरेको हो ।

फाइनान्सको उक्त संस्थापक शेयरमा चैत्र २८ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ । फाइनान्सको उक्त शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो मूल्य वा सो मूल्यभन्दा बढी अंकित गरी आवेदन पेश गर्न सक्नेछन् ।

इच्छुक लगानीकर्ताले शेयर खरिद गर्न न्यूनतम २५ हजार कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक योग्य जो कोहीले चैत २८ गते भित्र मुक्तिनाथ क्यापिटल कमलादीमा आइपुग्ने गरी गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्