एनएलजी इन्स्योरेन्सको सञ्चालकमा २ जना सञ्चालक निर्वाचित « Arthapath.com
१७ चैत्र २०७८, बिहीबार

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा २ जना सञ्चालक निर्वाचित



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सञ्चालकमा २ जना सञ्चालक निर्वाचित भएका छन् । एनएलजी इन्स्योरेन्स कम्पनीको १६ औं वार्षिक साधारण सभाले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरूको समुह (ख) बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकलाई निर्वाचित गरेको हो ।

कम्पनीको सञ्चालकमा सालिनी राणा शाहा र डा. भरत कुमार थापालाई निर्विरोध निर्वाचित गरेको कम्पनीले जनाएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीको बिहीबार १६औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । कम्पनीको सभाले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने पैस्ताव पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्