बीमा समितिद्वारा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । बीमा समितिले बीमकको संथागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई संशोधन गरेको छ । समितिले निर्देशिकालाई चैत १३ गते तेस्रो पटक संशोधन गरेको हो ।
बीमा समितिले जारी गरेको संशोधित निर्देशिका अनुसार कुनै पनि बीमा कम्पनीको सञ्चालकको कार्यकाल बढीमा ४ वर्षको मात्रै हुने छ । निज सञ्चालक थप एक कार्यकालका लागि पुन नियुक्त वा मनोनित हुने सक्ने व्यवस्था थप गरेको छ ।
यो निर्देशिका प्रारम्भ हुनु अघि सञ्चालक पदमा नियुक्त वा मनोनित भई दुई वा सोभन्दा बढी कार्यकाल सञ्चालक भई सकेको व्यक्ति पुन नियुक्त वा मनोनित हुन नपाउने व्यवस्था गरेको छ । सञ्चालक समितिको बैठक बर्षमा कम्तिमा ६ पटक बस्नुपर्ने व्यवस्था रहेको छ । तर २ वटा बैठकको बीचको फरक ३ महिना बढीको हुनुपर्नेछ ।