एनएलजी इन्स्योरेन्सको अध्यक्षमा वाग्ले नियुक्त, अध्यक्ष सिलवालबाट सपथ ग्रहण

काठमाडौं । एनएलजी इन्स्योरेन्सको अध्यक्षमा बिमल प्रसाद वाग्ले नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको १६ औं वार्षिक साधारण सभा पश्चात् बसेको संचालक समितिको बैठकले अध्यक्षमा बिमल प्रसाद वाग्लेलाई गरेको थियो ।
बीमा समितिबाट जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३ (४) बमोजिम संचालक समितिको अध्यक्षले पदको जिम्मेवारी सुरु गर्नु अघि बीमा समितिको अध्यक्षसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्था वमोजिम अध्यक्ष वाग्लेले चैत २० गते बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।
अध्यक्ष वाग्लेसँग नेपाल सरकारको निजामति सेवा तथा अन्य सरकारी संस्थाहरुमा विभिन्न ओहदामा ३७ वर्षभन्दा बढीको कार्यअनुभव, विभिन्न सरकारी संस्थानहरुमा संचालक समितिको अध्यक्ष एवं सदस्यको रुपमा काम गरेको अनुभव छ ।