८ महिनामा निर्जीवन बीमाको २५ अर्ब २९ करोड रुपैयाँ बीमाशुल्क आर्जन, कुन कम्पनीको कति ? « Arthapath.com
२० चैत्र २०७८, आईतवार

८ महिनामा निर्जीवन बीमाको २५ अर्ब २९ करोड रुपैयाँ बीमाशुल्क आर्जन, कुन कम्पनीको कति ?



काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा निर्जीवन बीमा कम्पनीले २५ अर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुन मसान्तसम्ममा २० वटा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब २९ करोड ९९ लाख ६० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा समितिका अनुसार ६ वटा बाहेक सबै कम्पनी १ अर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । दि ओरियन्टल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र जनरल इन्स्योेरेन्स कम्पनीको भने करोड क्लबमा छन् ।

यसअवधिमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । शिखर इन्स्योरेन्सले ३ अर्ब १० करोड २९ लाख रुपैयाँ, दोश्रोमा सगरमाथा इन्स्योरेन्सले २ अर्ब २२ करोड रुपैयाँ, तेस्रोमा नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ, चौथौंमा सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ र पाँचौंमा प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४४ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

सबैभन्दा कम बीमाशुल्क नेशनल इन्स्योरेन्सले ५७ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, फागुन महिनामा मात्रै २० वटा निर्जीवन बीमा कम्पनीले ३ अर्ब ४७ करोड ५६ लाख १० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्