प्राइम लाइफको सिनियर डीसीईओमा दाहाल नियुक्त, सीईओ भट्टराई बाहिरिएसँगै सीईओ बन्ने « Arthapath.com
२१ चैत्र २०७८, सोमबार

प्राइम लाइफको सिनियर डीसीईओमा दाहाल नियुक्त, सीईओ भट्टराई बाहिरिएसँगै सीईओ बन्ने



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा निर्मल दाहाल नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको सिनियर डीसीईओमा नियुक्त गरेको हो ।

कम्पनीले दाहाललाई आजैदेखि लागु हुने गरी नियुक्त सिनियर डीसीओमा नियुक्त गरेको हो ।

यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत रहेका दाहाल ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर रहेका थिए ।

दहाल बिगत २० बर्ष भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रमा व्यवस्थापकिय तहमा रहि कार्य गर्दै आइरहेका छन । कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने गरी बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको कार्यकाल असारमा सकिदैछ । सीईओ भट्टराई बाहिरिएसँगै कम्पनीले दाहाललाई सीईओ बनाउने तयारी रहेको छ ।

सक्षममा ७ वर्ष काम गरेका दाहालले २ दिन अघि मात्र सक्षम छोडेको जनाएका थिए । त्यसअघि उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्