७.३७ प्रतिशत लाभांश पाउन आज शेयरधनी बन्नुपर्ने « Arthapath.com
२४ चैत्र २०७८, बिहीबार

७.३७ प्रतिशत लाभांश पाउन आज शेयरधनी बन्नुपर्ने



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ चैत्र २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत्र २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै लाभांश प्राप्त र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २४ औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको चैत्र १६ गते बसेको सञ्चालक समितिको बैठकले २४ औं वार्षिक साधारण सभा २०७९ बैशाख ९ लैनचौर बैंन्क्वेट, लैनचौर काठमांडौमा बिहान १० बजे बोलाएको हो ।

इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, कम्पनीको सभाले चुक्ता पूँजी बृद्धि गरी २ अर्ब ५० करोड पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्