मञ्जुश्री फाईनान्सको कलंकी शाखा कार्यालय उद्घाटन « Arthapath.com
२५ चैत्र २०७८, शुक्रबार

मञ्जुश्री फाईनान्सको कलंकी शाखा कार्यालय उद्घाटन



काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १४, कलंकीमा आफ्नो २५ औं शाखा उद्घाटन गरेको छ ।

मञ्जुश्री फाईनान्स लिमिटेडका संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव दामोदर प्रसाद गौतम, संस्थाका अध्यक्ष इन्दिरा पण्डित घिमिरे र काठमाडौं महानगरपालिका १४ का वडा अध्यक्ष शोभा सापकोटाले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

२०७८ साल पौष मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ११.६३ अर्व निक्षेप संकलन गरि रु ११.०२ अर्व कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्