एनआईसी एशिया बैंकका सीईओ न्यौपाने म्यानेजर अफ दी इयर अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा उत्कृष्ठ योगदान पु¥याएको भन्दै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई म्यानेजर अफ दी इयर अवार्ड २०२२ बाट सम्मानित गरेको छ । शनिबार राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै म्यानेजर अफ दी इयर अवार्ड २०२२ का विजेता न्यौपानेले उक्त पुरस्कार प्रदान गरिएको हो । सीईओ न्यौपानेले पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई २७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ पुगेको छ ।
बैंकले वहाँको नेतृत्वमा २०७८ पौष मसान्त सम्ममा देहाय बमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ्ग क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ । बैंकलाई सर्वोत्कृष्ट स्थानमा पु¥याउनुका साथै नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाख भन्दा बढी ग्राहक महानुभावहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन वहाँको नेतृत्वमा बैंक सफल भएको बैंकले जनाएको छ ।













