११ श्रावण २०८३, सोमबार

सरकारनै असफल हुने भएपछि गभर्नर निलम्बन गरिएको हो, धेरै बोल्न मिल्दैन: अर्थमन्त्री शर्मा



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको निलम्बन कानुन सम्मत् रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री शर्माले छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने बताएका हुन् । उनले भने, ‘छानविन गर्ने कमिटी बनाएका छौं, यो रिपोर्टले धेरै जानकारी दिन्छ ।’

समितिले काम गरिहेको बेलामा गभर्नरमाथि लागेको आरोपबारे धेरै नबोल्ने उनले बताए । कर्जा प्रवाहको लक्ष्य १९ प्रतिशत राखेको भएपनि ३२ प्रतिशत पुगेको उनको भनाई छ । कर्जा प्रवाह समयमा नियन्त्रण गर्न आवश्यक हो कि होइन भनेर काम गर्ने राष्ट्र बैंकले रहेको मन्त्री शर्माले बताए ।

अनुत्पादक क्षेत्रमा भएको कर्जा प्रवाहबारे आफूले पटकपटक चासो राख्दा पनि सुनुवाइ नभएको उनले दुखेसो ब्यक्त गरे ।