विप्लवजी आउनुभयो भने चुनाव सार्न सकिन्छः माधव नेपाल
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको पार्टी निर्वाचनमा सहभागी भए चुनाव सार्न सकिने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी निर्वाचनमा सहभागी हुने भए वैशाख ३० को स्थानीय निर्वाचन सार्न सकिने बताएका हुन् ।
अध्यक्ष नेपालले विद्रोही विचार बोकेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु मुलुककै लागि फाइदाजनक भएको समेत बताए । उनले भने, ‘अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोच्नुस्, उहाँलाई (चन्द समूह) स्वागत छ, विप्लवजी आउनुभयो भने हाम्रै निर्णयले रोकिएको रहेछ भने गठबन्धनका सबै साथीहरु तयार हुनुहुन्छ, विप्लव समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ ।’
नेता नेपालले आगामी संसदीय निर्वाचनपछि बन्ने सरकारसमेत गठबन्धनकै हुने दाबी गरेका थिए । अहिले चुनावी गठबन्धन गर्दा आफूहरूले अघिल्लो निर्वाचनमा एमालेले जितेका ठाउँ मागेको उनले बताए ।













