आइएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठलाई उत्कृष्ट व्यवस्थापन पुरस्कार २०२२

काठमाडौं । नेपाल व्यवस्थापन संघद्वारा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठलाईउत्कृष्ट व्यवस्थापन पुरस्कार २०२२ (Outstanding Management Award 2022) बाट सम्मानित गरेको छ ।
उक्त कार्यक्रममा सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले Management Association Nepal (MAN) लाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने ग्राहक, शेयरधनीहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गरे ।
सीईओ श्रेष्ठले यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिए । उक्त अवसरमा सीईओ श्रेष्ठले आफू जहिले पनि समूहमा विश्वास गर्ने भएको हुनाले आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको International Brand Consulting Corporation (IBC), ले Asia’s Most Trusted Company Award 2019 र World HRD Congress ले Asia’s Best Employer Brand Awards 2021 बाट समेत सम्मानित गरेको थियो ।