नेपाल पुनर्बीमाको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ईपीएस ९.६० रुपैयाँ, अन्य सूचक कस्ता ? « Arthapath.com
३० चैत्र २०७८, बुधबार

नेपाल पुनर्बीमाको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ईपीएस ९.६० रुपैयाँ, अन्य सूचक कस्ता ?



काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोज मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समयमा पहिलो त्रैमासको विवरण सार्वजनिक गरेको हो ।

कम्पनीले पहिलो त्रैमाससम्ममा निर्जीवन बिमा व्यवसायतर्फ १६ करोड ४९ लाख ३१ हजार रुपैयाँ र जीवन बिमातर्फ ७ करोड ५० लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले गत वर्षको सोही अवधिमा निर्जीवनतर्फ ३३ करोड ७८ लाख ६४ हजार रुपैयाँ र जीवन बिमातर्फ ५ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब १२ करोड ६९ लाख २४ हजार रुपैयाँ र जीवन व्यवसायबाट ३७ करोड १५ लाख ६५ हजार रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । असोज मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ४ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ र जीवन बिमातर्फ ६६ करोड ९७ लाख रुपैयाँ छ । पहिलो त्रैमासका कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्