राष्ट्र बैंकका २ सञ्चालकको कार्यकाल सकियो, बैठक बस्न कोरम नपुग्ने « Arthapath.com
२३ असार २०८२, सोमबार

राष्ट्र बैंकका २ सञ्चालकको कार्यकाल सकियो, बैठक बस्न कोरम नपुग्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई जना सञ्चालकको कार्यकाल समिएको छ । राष्ट्र बैंकका सञ्चालक डा. श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएको हो । डा. पौडेल र रेग्मीको कार्यकाल भोलिदेखि सकिने भएको हो ।

सञ्चालक डा. पौडेल र रेग्मी २०७४ वैशाख ३ गते राष्ट्र बैंकको सञ्चालकमा नियुक्त भएका थिए । उनीहरुलाई प्रचण्ड प्रधानमन्त्री भएको बेलामा राष्ट्र बैंकको सञ्चालकमा नियुक्त भएका थिए ।

डा. पौडेल र रेग्मीको कार्यकाल समाप्त भएसँगै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्न कोरम नपुग्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीलाई गत साता सरकारले निलम्बन गरेको थियो ।

त्यस्तै, अर्का सञ्चालक डा. सुबोधकुमार कर्ण घुस मागेको आरोप लागेपछि बैठकमा बोलाउन छोडिएको बताईएको छ । साथै डा. कर्णलाई सरकारले निलम्बन गर्ने तयारी समेत गरेको स्रोतले बताएको छ ।

अब राष्ट्र बैंकको सञ्चालक समितिमा कायममुकाय गभर्नर डा. निलम ढुंगाना, डेपुटी गभर्नर बमबहादुर मिश्र र अर्थसचिव मधुकुमार मरासिनी मात्रै रहने छन् । सरकारले नयाँ सञ्चालक समिति नियुक्ति नगर्दासम्म राष्ट्र बैंकको कामकारबाही प्रभावित हुने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्