नेपाल फाइनान्सका शेयरधनी निराश, मर्जरसम्बन्धी प्रस्ताव पारित « Arthapath.com
१७ असार २०८२, मंगलबार

नेपाल फाइनान्सका शेयरधनी निराश, मर्जरसम्बन्धी प्रस्ताव पारित



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको साधारण सभा शनिवारका दिन सम्पन्न भएको छ । फाइनान्स कम्पनीको २९ औं वार्षिक साधारण सभा बैशाख ३ गते शनिबार होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा सम्पन्न भएको हो ।

फाइनान्सले लामो समयदेखि लाभांश वितरण गरेको छैन् । फाइनान्स कम्पनीले आर्थिक बर्ष २०६७–६८ मा मात्रै लाभांश वितरण गरेको थियो । सो समयमा २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लामो समयदेखि लाभांश् वितरण नगर्दा शेयरधनी भने निराश बन्दै आएका छन् ।

फाइनान्सको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको आर्थिक बर्ष २०७७–७८ को वासलात, २०७७ साल साउन १ गतेदेखि २०७८ साल अषढ ३१ गतेसम्मको नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक बर्ष २०७८–७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गरेको छ ।

त्यस्तै, संस्थाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा संस्थाको चल–अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संस्था गाभ्ने–गाभिने तथा एक्विजिशन गर्ने समझदारीपत्र या तर्जुमा गर्ने, हस्ताक्षर गर्ने, अन्तिम सम्झौता तयार पार्ने, हस्ताक्षर गर्ने लगायतका गाभ्ने–गाभिने तथा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।

सभाले आगामी चार वर्षका लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ । जसमध्ये संस्थापक समूहबाट हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापति, विकेश शाक्य र सर्वसाधारणको तर्फबाट लक्ष्मी महर्जन निर्वाचित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्