राष्ट्र बैंकमा सञ्चालक समितिको काम, कर्तव्य तथा अधिकार के-के हुन् ? « Arthapath.com
४ बैशाख २०७९, आईतवार

राष्ट्र बैंकमा सञ्चालक समितिको काम, कर्तव्य तथा अधिकार के-के हुन् ?



काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकमा सञ्चालक समिति गणपुरक संख्या नपुग्ने भन्दै नयाँ सञ्चालक नियुक्त नभएसम्म नबस्ने भएको छ । यहाँ सञ्चालक समिति बैठकले गर्ने काम, कर्तव्य तथा अधिकारी के के छन् भनेर उल्लेख छ ।

राष्ट्र बैंक ऐन २०५८ को दफा २९ मा सञ्चालक समितिको काम, कर्तव्य तथा अधिकारी के के छन् भनेर उल्लेख गरिएको छ ।

२९. समितिको काम, कर्तव्य तथा अधिकारः समितिको काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछ ः–

(क) मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गर्ने ।
(ख) बैंक नोट तथा सिक्काको दर, चित्र, आकार, धातु, नोट छपाई गर्ने वस्तु वा अन्य पदार्थ सम्बन्धमा आवश्यक निर्णय गर्ने र सो को निष्कासनका सम्बन्धमा आवश्यक नीतिको तर्जुमा गर्ने ।
(ग) वाणिज्य बैंक तथा वित्तीय संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गराउने व्यवस्था र बैंकिङ्ग तथा वित्तीय व्यवस्थाका सम्बन्धमा आवश्यक नीति निर्माण गर्ने ।
(घ) बैंकको नियम तथा विनियम स्वीकृत गर्ने र बैंकको सञ्चालन र व्यवस्थापनमा लागू हुने नीति निर्माण गर्ने । (
ङ) बैंकका कर्मचारीहरुको नियुक्ति, बढुवा, सरुवा, बर्खास्ती, पारिश्रमिक, निवृत्तभरण, उपदान, सञ्चय कोष, विदा, आचरण तथा सेवा सम्बन्धी अन्य शर्तहरु बारे नीति निर्धारण गर्ने ।
(च) बैंकको लागि वार्षिक कार्यक्रम र बजेट तथा वार्षिक लेखापरीक्षणको हिसाब स्वीकृत गर्ने र सोको प्रतिवेदन जानकारीको लागी नेपाल सरकारमा पेश गर्ने ।
(छ) बैड्ढको काम कारबाही बारेको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने । (ज) वाणिज्य बैड्ढ तथा वित्तीय संस्थालाई इजाजतपत्र दिने र रद्द गर्ने सम्बन्धमा नीति निर्माण गर्ने ।
(झ) बैंकले नेपाल सरकारलाई प्रदान गर्ने कर्जाको सीमा स्वीकृत गर्ने ।
(ञ) बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थालाई दिने कर्जा तथा पुनर्कर्जाको रकम, सीमा तथा शर्तको निर्धारण गर्ने ।
(ट) अन्तर्राष्ट्रिय सङ्घ, संस्थामा बैंकको सदस्यता सम्बन्धमा निर्णय गर्ने ।
(ठ) बैंकको वित्तीय स्रोत परिचालन र लगानी नीति निर्माण गर्ने ।
(ड) यस ऐनमा संशोधन गर्नु पर्ने आवश्यकता देखिएमा सो को कारण खुलाई नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्ने ।
(ढ) यस ऐन अन्तर्गत गभर्नरको अधिकार क्षेत्रभित्र पर्ने बाहेकका अरु सबै विषयमा निर्णय गर्ने ।
(ण) समितिमा रहेका अधिकारहरु अवधि तोकी वा नतोकी गभर्नर वा समितिद्वारा गठित उपसमितिलाई प्रत्यायोजन गर्ने ।


प्रतिक्रिया दिनुहोस्