देउवा सरकारकाे निलम्बनविरूद्ध गभर्नर अधिकारी सर्वोच्च अदालतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वाेच्च अदालतमा गएका छन् ।
सरकारले आफूमाथि गरेको निलम्बनको कारवाही गैरकानूनी भएको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर सर्वोच्च अदालत गएका हुन् ।
अधिकारीले निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । आइतबार गभर्नर अधिकारीका वकिलले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । अधिकारीको रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
मन्त्रिपरिषद बैठकले गत चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।