२१.०५ प्रतिशत लाभांश वितरण गर्न सगरमाथा इन्स्योरेन्सलाई बीमा समितिको स्वीकृत
काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीलले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिले स्वीकृती दिएको छ । अब उक्त लाभांश कम्पनीको साधारण सभाले पारित गरेपश्चात शेयरधनीलले पाउने छन् ।
इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्न वैशाख २८ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सको बैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।














