प्रभु बैंकको खुद नाफा १ अर्ब ७५ करोड रुपैयाँ, ईपीएस कति ?
काठमाडौं । प्रभु बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १६.९१ प्रतिशत घटेर १ अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १२.७२ प्रतिशत बढेर ४ अर्ब ३२ करोड ३१ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद बयाज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको सञ्चालन मुनाफा १६.२२ प्रतिशत घटेर २ अर्ब ५६ करोड ६ लाख ३५ हजार रुपैयाँ र वितरणयोग्य नाफा ७८ करोड ३ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ, जगेडा कोष ८.९४ प्रतिशत बढेर ६ अर्ब २७ करोड ९२ लाख ८१ हजार रुपैयाँ, निक्षेप १.३१ प्रतिशत बढेर १ खर्ब ६७ अर्ब ३६ लाख ७२ हजार रुपैयाँ र कर्जा ६.३६ प्रतिशत बढेर १ खर्ब ४३ अर्ब ७१ करोड २७ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर १८ रुपैयाँ ३९ पैसामा सीमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २४.७९ रुपैयाँ रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१२ गुणा रहेको छ ।












