शिखर इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शिखर इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले गत माघ २० गतेसम्मका कायम शेयरधनीहरुका लागि चैत १ गतेदेखि चैत २१ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।

तोकिएका अवधि भित्र प्राप्त आवेदन दिने २७ हजार ७१० जना आवेदक शेयरधनीहरुलाई बैशाख ५ गते ५१ लाख ९७ हजार ८५१ दशमलव १२ कित्ता शेयर बाँडफाँड गरेको हो । कम्पनीले १ बरँबर न्यून दशमलव ३ अनुपातमा उक्त शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्